मौसमः वर्षासँगै हिमपातको सम्भावना

फाल्गुण ०७,२०७६

-

फागुन ७,२०७६ काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले  पश्चिमी वायुको प्रभाव स्वरुप मुलुकका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भेगमा सामान्य वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ ।
 
महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी क्षेत्रका केही स्थानमा सामान्यदेखि आंशिक बदलीसहित वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो ।
 
महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
 
तीन दिनको मौसम
 
फागुन -७ गते (बुधबार)
 
दिउँसोः देशको पश्चिमी भू-भागमा लगायत मध्य तथा पूर्वि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 
रातिः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
 
फागुन ८ गते (बिहिबार)
 
दिउँसोः देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
 
रातिः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।
 
फागुन ९ गते (शुक्रबार)
 
दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।
 
रातिः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।