७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसः टुँडिखेलमा विशेष कार्यक्रम (फोटोफिचर)

फाल्गुण ०७,२०७६

-

फागुन ७,२०७६ काठमाडौं ।
 
राष्ट्रपति विद्यादेवी भण्डारी ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक भइन्।
 
 
नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।
 
 
समारोहमा प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए ।
 
 
सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो । 
 
सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो ।