क्रिकेटर सन्दिप लामिछानेले गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई १ लाख ४१ हजार सहयोग

फाल्गुण ०८,२०७६

-

फागुन ८,२०७६ काठमाडौं ।
लेग स्पिनर सन्दीप लामिछानेले निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि सहयोग गरेका छन् ।
 
चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशालाका लागि सन्दीप र उनका एजेण्टले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन् ।
 
शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी सन्दिपले आफूले घोषणा गरेको रकम धुर्मुस-सुन्तलीलाई हस्तान्तरण गरे। सन्दीपले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
 
सन्दीपले अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित लिएको ८ विकेट बराबरको रकम प्रदान गरेका हुन् ।
 
सन्दिपले आफ्नोतर्फबाट ७० हजार ७ सय ४ रुपैँया दिएका छन् भने उनका एजेन्ट तल्हा इसामले पनि त्यति नै रकम थप्दै सहयोग गरेका हुन्।