तीनकुनेमा डोजर चल्यो

अतिक्रमित सरकारी र सार्वजनिक जग्गा फिर्ता गर्ने अभियान तिब्र पारिदै

फाल्गुण १०,२०७६

-आस्था न्युज

फाल्गुण १० , २०७६ काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा डोजर चलाएको छ l  यस संगै महानगरपालिकाले सरकारी अतिक्रमित जग्गा  फिर्ता अभियानलाई तीव्रता दिएको छ।

 

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा शनिबार महानगरले त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र वडानम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाई जग्गा फिर्ता लिएको  हो।

 

जग्गा सरकारको नाममा रहेकोले टहराहरु भत्काइएको प्रदेशसभा सदस्य गणेश दुलालले बताए l  त्यस्तै  वडाध्यक्ष भण्डारीले १८ दिने सूचना जारी गरेपनि अटेर गरेपछि डोजर चलाएर महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको बताए ।

 

तथापी स्थानीयहरुले भने जग्गा खाली गर्न पर्याप्त सूचना नदिएको भनेका  छन्। जग्गा खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहराहरु भत्काएको उनीहरुको आरोप छ।