क्रिस्टियानो रोनाल्डोले फुटबल करियरको आफ्नो एक हजार खेल पुरा

जित संगै ग्याब्रियल बतिस्तुताल र फेवियो क्वाग्लिरेलाको रेकर्डसँग बराबरी समेत गर्न सफल भएका छन् l

फाल्गुण ११,२०७६

-आस्था न्युज

बिश्व प्रख्यात फुटवल खेलाडी  क्रिस्टियानो रोनाल्डोले फुटबल करियरको आफ्नो एक हजार खेल पुरा गरेका छन्। स्पलविरुद्ध शनिबार राति भएको खेल संगै उनको एक हजार खेल पुरा गरेका हुन् l रोनाल्डो पोर्चुगिज फरवार्ड खेलाडी हुन् l

 

स्पलविरुद्ध शनिबार राति भएकोमा  रोनाल्डोको एक हजार औं खेलमा उनले युभेन्टसका लागि गोल समेत गर्न सफल भए । गएराति भएको खेलमा युभेन्टसले  स्पलविरुद्ध २-१ को जित हात पारेको छ । खेलको ३९औं मिनेटमा गोल गर्दै उनले ग्याब्रियल बतिस्तुताल र फेवियो क्वाग्लिरेलाको रेकर्डसँग बराबरी समेत गर्न सफल भएका छन् । यसै गोल संगै रोनाल्डोले सिरी ए मा लगातार ११ खेलमा गोल गर्दै अर्को रेकर्ड पनि बनाए

 

रोनाल्डोको गोल संगै युभेन्टसले पहिलो हाफमा आफ्नो अग्रता बनायो l त्यस पछि  दोस्रो हाफमा आरोन रामसेले ६० औं मिनेटमा युभेन्टसका लागि अर्को गोल थपे । खेलको ६९ औं मिनेटमा मार्फत  स्पलका लागि एन्ड्रेस पेटागनले गोल गरेता पनि थप गोल फर्काउन सकेन l  

 

यस जितसँगै युभेन्टसले ६० अंकसहित लिग तालिकाको शीर्षस्थानमा रहेको  छ। ५६ अंक  सहित निकट प्रतिद्वन्दी लाजियो रहेको  छ।