कोरियाको नेपाली दुतावासले सबैलाई सतर्क र सजग रहन अपिल

अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति

फाल्गुण ११,२०७६

-आस्था न्युज

११ फाल्गुन २०७६ , काठमाडौं । दक्षिण कोरियामा कोरोना भाईरसको संक्रमण देखिए संगै विश्वभर थप चिन्ता बढाएको छ l   दक्षिण कोरियामा नेपालीहरुको ठुलो संख्या रहेका कारण यस चिन्ताले नेपाललाई समेत गाजेको छ l चीनको हुवे प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा पनि देखापरेको हो  ।

 

कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने चिन्ता संगै  सियोलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर विशेष सावधानी अपनाउन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेको छ ।

दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीहरूलाई सुझाएको छ । अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति गरेकाले उपचारका लागि अस्पताल जान भनेको छ ।

 

दुतावासले सबैलाई  सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो । विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन भनेको छ l

 

‘सम्बद्ध निकायबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त प्रयासका बाबजुद दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको प्रति हामी अझै बढी सजग र सचेत हुन जरुरी छ,’ दूतावासद्वारा जारी सूचनामा जनाईएको  छ ।

 

दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रमा कोरोना भाईरसको संक्रमण रहेको छ । दूतावासले सो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन बिज्ञप्ति मार्फत आग्रह गरेको छ ।

 

दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका छ l चीन संग कुनै सम्बन्ध नभएको स्थानमा कोरोना भाईरसको संक्रमण देखिएको हो l कोरोना भाईरसको संक्रमण कोरियाको सेनामा पनि देखिएको पुष्ठी भएको छ l अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्ममा यहाँका चार सय बढी मानिसमा संक्रमण देखा परेको छ l