देउवाको छायाँ मन्त्रीहरुलाई निर्देशन– सरकारले गरेको भ्रष्टाचार अध्ययन गर्नु

फाल्गुण ११,२०७६

-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारजन्य गतिविधिको सुक्ष्म ढंगले अध्ययन गर्न निर्देशन दिएका छन् ।
 
सरकारका कामकारबाहीको निगरानी गर्न भनेर गठन गरिएको छायाँ सरकारको पहिलो बैठकलाई आइतबार सम्बोधन गर्दै देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारको सुक्ष्म ढंगले अध्ययन गर्न छायाँ मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।प्रमुख प्रतिपक्षी कांग्रेसले गत जेठ ६ गते संघीय सरकारका २१ वटै मन्त्रालय हेर्ने गरी छायाँ सरकार गठन गरेको थियो ।
 
छायाँ सरकारको वैठक भने करिब ९ महिना पछि मात्रै बसेको हो । आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको  बैठकमा मन्त्रालयगत जिम्मेवारी पाएका सांसद ९छायाँ मन्त्री०हरुले आ–आफ्नो प्रतिवेदन सभापति देउवालाई बुझाएका थिए ।
 
छायाँ मन्त्रीहरुको प्रतिवेदन बुझ्दै देउवाले सरकारले नीतिगत रुपमा ल्याउने विधेयकमा चनाखो रुपमा सहभागिता जनाउने र पार्टीगत धारणा राख्न निर्देशन समेत दिए ।