नेपाल नागरिक उडड्यन प्राधिकरणसम्बन्धी नयाँ विधेयक संसदमा दर्ता

फाल्गुण ११,२०७६

-

फागुन ११,२०७६ काठमाडौं ।
नेपाल नागरिक उडड्‍यन प्राधिकरणलाई टुक्र्याउने विद्येयक राष्ट्रिय सभामा पेस भएको छ । संकृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नेपाल हवाइ सेवा प्राधिकरण स्थापन गर्ने गरी नयाँ विधयेक संसदमा पेस गरेको हो ।  
 
नेपालको हवाई उडान सेवालाई सुरक्षित, स्तरीय, प्रभावकारी एवं विश्वसनीय बनाई सुविधायक्तु विमानस्थलको निर्माण, स्तरोन्नति र अन्तराष्ट्रिय मापदण्ड अनुरुप विमानस्थल तथा एयर नेभिगेशन सेवा सञ्‍चालन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना गर्न यो विधेयक संसदमा दर्ता गरेको मन्त्रालयले जनाएको छ । 
 
यस्तै नेपाल नागरिक उडड्यन प्राधिकरणसम्बन्धी पनि नयाँ विधेयक पनि संसदमा दर्ता भएको छ । नियामक र सेवा प्रदायक एकै हुन नमिल्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप बनाउन नागरिक उडड्यन प्राधिकरणलाई छुट्याउन विधेयक संसदमा दर्ता गरेको हो । 
 
यस व्यवस्थासँगै युरोपियन युनियनको कालोसूचीमा रहेको नेपालको हवाई क्षेत्र हट्ने विश्वास सरकारको छ । तर, प्राधिकरणका कर्मचारीहरुले पनि प्राधिकरणलाई टुक्र्याउ नुहने माग गर्दै आएका छन् ।