पहिलो पटक जेठमा तीन दिने मर्यादित महिनावारी कार्यशाला गोष्ठी हुने

फाल्गुण ११,२०७६

-

फागुन ११, २०७६ काठमाडौं ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठी गर्ने भएको छ ।  जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवशर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठी हुने भएको हो । सहआयोजकमा दक्षिण गोलार्दयीय मर्यादित महिनावारी सञ्जाल रहेको छ ।
 
महिनावारीका सम्बन्धमा भएरगरेका कामहरुलाई परिवर्तन गर्ने उद्देश्यले आयोजना हुने गोष्ठीमा २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारी प्रतिनिधि तथा नीति निर्माताहरु सहभागी हुनेछन् । ‘महिनावारीका कुरा, मर्यादा केन्द्रीय भएमात्रै हुन्छ पूरा’ भन्ने नाराका साथ हुने गोष्ठी संसारकै पहिलो भएको मन्त्रालयले दाबी गरेको छ ।
 
कार्यशाला गोष्ठीमा भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजनन स्वास्थ्य अधिकार, आवाज छानो र एजेन्सी, पहिलो महिनावारी देखि रोकिने सम्मको विभेद, युवाहरुको भूमिका, धर्म व्यवहार, खानेपानी, सरसफाइ, नीति र जवाफदेहिता बहिष्करणमा परेकारपारिएकाहरुको अवस्था र अधिकार अनुसन्धान र कार्यान्वयनको विषयमा छलफल हुनेछ ।