प्राइड इम्पोर्ट एक्सपोर्टले ल्यायो आईभोमीको चार नयाँ ब्रान्डका मोबाइल

फाल्गुण १६,२०७६

-

फागुन १६,२०७६ काठमाडौं ।
नेपालको आधिकारीक बिक्रेता प्राइड इम्पोर्ट एक्सपोर्ट टेड प्रा.लि.ले आईभोमीका चार वटा नयाँ ब्रान्डको मोबाइल बजारमा ल्याएको छ । 
 
राजधानीको न्यूरोडमा रहेको बिरा कम्पल्केसमा पत्रकार सम्मेलन गरी कम्पनीले चारवटा नयाँ ब्रान्डको मोबाइल सार्वजनिक गरेको हो । हालसम्म आईभोमीले ८ वटा मोडल बजारमा उपलब्ध गराएको छ । 
 
कम्पनीले आईभी १०१, आई १, आई १ एस र आई २ मोडलको मोबाइल सार्वजनिक गरेको हो । मोबाइलको एक हजारदेखि १७ सयसम्म मूल्य रहेको छ । 
बजारमा आएका नयाँ मोडलको मोबाइलमा नयाँ प्याकिगंको साथमा २ मिटर लामो चार्जिगं तारको साथसाथै प्रत्येक मोडलमा केही न केही नयाँ कुरा राखेको कम्पनीको दावी छ । 
 
जसलाई आईभीले ध्यध को संज्ञा दिएको छ । यो नै आईभी ब्रान्डको मुल मन्त्र हो । आईभोमीको मोबाइलहरु सबैमा बिटी कलिग सेवा पनि उपलब्ध छ । 
बलियो डिलर नेटवर्क र स्मार्टसेल्स टिमले गर्दा अब आउने केही महिनामै आईभोमीले नेपालमा राम्रो स्थान ओगट्नेमा कम्पनी विश्वस्त रहेको नेपालका लागि कन्टी म्यानेजर विनय जोशीले बताए । 
 
कम्पनीले आईभोमी मोबाइल भारत, नेपाल, बंगलादेश, फिलिपिन्स यु एई र केही अफ्रिकी देशहरुमा आफ्नो व्यापार सुरु गरिसकेको अध्यक्ष दिनेश श्रेष्ठले बताए । उनले भने, भारतमा आईभोमी ब्रान्डले अमेजन, स्नैपडील, फ्लिपकार्ड, आदिबाट अनलाइनमा स्मार्टफोनको व्यापार गरिरहेको छ । यो क्षेत्रमा  यसको व्यापार राम्ररी फस्टाएको छ । 
 
आईभोमीले चारवर्ष पहिले चिनबाट इलेक्ट्रोनिक्स सामान उत्पादन सुरु गरेको हो । यो ब्रान्डको उद्देश्य धेरै सुविधा भएको  गुणस्तरीय सामानहरुलाई सस्तो मुल्यमा बजारमा ल्याउनु हो । 
 
पत्रकार सम्मलेनमा कम्पनीका नेशनल सेल्स म्यानेजर झविन्द्र भण्डारीले आईभी ब्रान्डले नेपाली बजारमा मोवाइल फोन मात्र नभएर मोबाइल एसोसेरिज मल्टिमिडिया स्पिकर र इलेक्ट्रोनिक्स गाडी चाँडै नै ल्याउन लागेको समेत जानकारी दिए । 
 
उनले भने, दिर्घकालीन लक्ष्यहरुको साथमा ब्रान्डलाई अगाडि बढाउनको लागि मुख्य ध्यान सर्भिसमा पनि दिइएको छ । यसको लागि नेपालको विभिन्न स्थानमा २६ सर्भिस सेन्टर छन् ।
 
आईभोमी ब्रान्डले २०२० मा नेपाली बजारमा आक्रमक बिक्री योजनाको लक्ष्य लिएको छ । कम्पनीको आगामी ६ महिनामा विभिन्न फिचरको १० भन्दा बढी मोडलका मोबाइल बजारमा ल्याउने अपेक्षा छ ।