कर्मचारीलाई घरमै बसेर काम गर्न फेसबुकको आग्रह

फाल्गुण २२,२०७६

-

फागुन २२,२०७६ काठमाडौं ।
 
अमेजन र फेसबुकले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ । अमेजन र फेसबुक दुवैले आफ्ना सिअटलस्थित कर्मचारीलाई घरमै बसेर काम गर्न आग्रह गरेको हो । 
 
अमेजनले यसअघि सिअटलमा काम गर्ने कर्मचारीलाई कोरोनाको संक्रमण भएको पुष्टि गरिएको थियो । त्यसैगरी फेसबुकको सिअटल कार्यालयमा पनि बुधबार एकजनालाई कोरोनाको संक्रमण भएको थियो । 
 
फेसबुकले यस साता फेब्रुअरी २१ देखि सुविधामा पनि कटौती गरिएको छ । फेसबुकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, हामीले हाम्रा कर्मचारीलाई जानकारी गराएका छौं र जनस्वास्थ्य अधिकारीको सुझावलाई प्राथमिकताका साथ पालना गरेर स्वस्थ र सुरक्षित रहन आग्रह गरेका छौं ।
 
दुवै यस महिनाको अन्तिमसम्ममा ठूलो ुटेकु कम्पनीले घरबाटै काम गर्न प्रेरित गरेका छन् । ूहामी सिअटस्थित कार्यालयका कर्मचारीलाई यस महिनाको अन्तिमसम्ममा घरबाटै काम गर्न सकिने सुझाएका छौं,ू अमेजन प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।-सीएनएन