बिजी मलमा मोबाइल एक्स्पो सुरु

आषाढ ०८,२०७४

-

असार ८ – राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । ‘सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो’ नाम दिइएको मोबाइल मेला १० दिनसम्म चल्ने जनाइएको छ । बिजी मलका सबै ग्राहकहरुले एक्स्पो अवधिभर फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने आयोजकले जनाएको छ । देशभरीका उपभोक्तालाई एकै स्थानबाट धेरै भन्दा धेरै ब्राण्डका मोबाइलका साथै उपभोग्य सामग्री सहज रुपमा सुपथ मूल्यमा उपलब्ध गराउन अफुहरु प्रतिबद्ध रहेको बिजी मलका अध्यक्ष बासु गिरीले बताए । एक्स्पो अवधि भर प्रत्येक दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँच जनाले सेल्फी स्टीक पाउने एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । १० हजार रुपैंया भन्दा बढी मूल्यको मोबाइल खरिदमा ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिभर मोबाइल खरिद गर्ने मध्ये दुई जनालाई नगद फिर्ता गरिने मलले जनाएको छ । एक हजार रुपैंयादेखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेट उपलब्ध गराउने मलले जनाएको छ । यसका साथै एक्स्पो अवधिभर प्रत्येक दिन दुई जनालाई बिएसआर मुभिजको टिकट तथा बेसिल क्याफेका तर्फबाट लञ्च कुपन निशुल्क उपलब्ध गराइनेछ । एक्स्पो असार १७ गते सम्म चल्नेछ ।