कोरोना भाइरसको प्रभावले चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट

चैत्र ०२,२०७६

-

चैत २,२०७६ काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आयात–निर्यातमा समेत प्रभाव परेको छ । 
 
जसअन्तर्गत विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट आएको छ । कोरोनाको उद्गम चीनबाट आयातमा गिरावट आएपछि भन्सारको राजस्वमा समेत त्यसको असर परेको छ ।
 
विराटनगर–१८ आइसीपीस्थित भन्सार कार्यालयका अनुसार कोरोनाका कारण चीनबाट आउने सामाग्रीको आयात प्रभावित भएको हो । 
 
विशेष गरी गार्मेन्ट, खेलौना, स्याउ प्लाष्टिकका सामान, जुत्ता, चप्पललगायतका सामाग्रीको आयात घटेको भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीले जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।