कम्युनिष्ट- कांग्रेस जनताका गद्दार

चैत्र ०७,२०७६

Dirgha raj Prasai

-

 •  दीर्घराज प्रसाई– 
घर पनि भत्काउने आफ्नो घर पनि नबनाउने ? नेपालका गद्दारहरुबाट होसियार हुनुपर्छ ! नेपालका भत्काइएका राष्ट्रियताका आधार स्तम्भहरूलाई कदर गरेर अखण्ड नेपालको अस्तित्व बचाउन आवस्यक छ ! हामी नेपालीहरुले राष्ट्रियताको मामिलामा सँधै सम्वेदनशील भएर बोल्ने र निर्णय गर्नसक्नु पर्छ !
 
२०७२ साल असोज ३ गते विदेशीहरुको दबाबमा घोषणा गराइएको संविधानको संघीयता, धर्म्निरपेक्ष, गणतन्त्र स्थापित गराउन माओवादी, कांग्रेस, एमाले लागेका हुन् । यसरी नेपाललाई भौडीमा हाल्ने जुन कुचक्त चलाइएको छ त्यसको बिरुद्ध हामी चौतर्फी रुपमा सशक्त हुनुपर्ने अवस्था छ ।
 
पुरानो संरचना भत्काएर २०७२ सालको संविधान घोषणापछि निर्धारण गरिएका ७ प्रदेश, गाउँ तथा नगरपालीकाहरु व्यवहारिक छैनन् । नेपालको पहाड, तराईलाई जोडिएको ५ विकास क्षेत्रबाट जुन संतुष्टी र सजिलो थियो त्यसलाई ध्वस्त बनाएर घोषित स्थानीय निर्वाचन अत्यन्त अव्यवहारिक छ । बढो वैज्ञानिक रुपमा विशेषज्ञहरुबाट गहन अध्ययनकासाथ तयार गरिएका पुराना संरचनाहरु पनि भत्काउने र नयाँ संरचनाले पनि काम नगर्ने अन्धकार परिस्थिति सिर्जना गरेर नेपाललाई तहसनहस गर्नमा लागेका छन् । अर्काको घर पनि भत्काउने आफ्नो घर पनि नबनाउने यो बानर प्रवृत्ति हो ।
नेपाली कांग्रेसले बिगतमा आफूले गरेका गल्तीहरु सच्याउने र २०६२ साल मंसिरमा भारतमा भएको १२ बुँदे सहमतिबाट प्रायोजित धर्म्निरपेक्ष, गणतन्त्र र संघीयता खारेज गरेर भारतीय गुप्तचर संस्था ‘रअ’ का अनेकौ नेपाल बिरोधी षडयन्त्रबाट मुक्त भएर धर्म्निरपेक्षको नाममा नेपाललाई इसाईृकरण गर्ने विदेशीहरुका एजेन्डा र दबाबबाट मुक्त हुन सक्नुपर्छ । अव बाबुराम भट्टराई, कृष्ण सिटौला जस्ता भारतीय गुप्तचर र भारतीय राजदूतका भरियाहरु कांग्रेसभित्रका गद्दारहरुबाट होसियार गर्नुपर्छ ।
 
कांग्रेस (आई) र ‘रअ’, को दबाबबाट लाधिएका बुँदाहरु धर्म्निरपेक्ष र गणतन्त्रको बाटो नछोडेकाले भाजपा र मोदी सरकार असंतुष्ट छ । अतः चीन तथा भारतसँग सुमधुर संवन्ध कायम गर्न र नेपाललाई युगयुगान्तरसम्म सुदृढ राख्न संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य यथावत कायम गर्ने दृढता देखाएर प्रजातान्त्रिक ढङ्गले सबै पक्षलाई नेपालको राष्ट्रिय एकताको महसुस् गराउन नेपाली कांग्रेस सक्रिय हुन सक्नुपर्छ ।
 
प्रधानमन्त्री ओलीको सरकारमा एमाले र माओवादी केन्द्र दुबैभित्र व्यापक असन्तुष्टि बढेको छ । निर्वा्चित प्रधानमन्त्री, जसलाई जनताले अपार विश्वासको मत दिए । अहिलेसम्म कुनै योजना आउन सकेन । यसरी अन्यौलमा देशलाई राख्न सुहाउँछ ? प्रधानमन्त्री ओलीले दौरा सुरुवाल र टोपीमा आउन सबैलाई आह्वान गरे तर २ नम्बर प्रदेशले इन्कार गरिदियो, राष्ट्रिय पोसाक बहिष्कार गरिदियो । (?)
 
नेपालीको राष्ट्रियताको गौरवमय इतिहास हो । नेपाल सरहदभित्र अनेकौं जातिहरू मिलेर एक साझा सगोल रूपमा एकीकृत भएका छौं । हाम्रो देशमा विभिन्न जातिको सम्झौताबाट साझा नेपालको सांस्कृतिक राष्ट्रियता बनेको छ । नेपालमा वैदिक हिन्दू र बौद्धका मार्गदर्शनबाट नेपाली संस्कृतिको सिर्जना भएको छ । सहिष्णुता, सभ्यता र संस्कृतिको हिसाबमा हाम्रो संस्कृति उत्कृष्ट छ । त्यही पुण्यभूमि हो अहिलेको नेपालअधिराज्य ।
 
अब नेपाली कांग्रेसले सोच्नुपर्ने भएको छ( कांग्रेसले बिगतमा आफूले गरेका गल्तीहरु सच्याउने र २०६२ साल मंसिरमा भारतमा भएको १२ बुँदे सहमतिबाट प्रायोजित धर्म्निरपेक्ष, गणतन्त्र र संघीयता खारेज गरेर भारतीय गुप्तचर संस्था ‘रअ’ का अनेकौ नेपाल बिरोधी षडयन्त्रबाट मुक्त भएर धर्म्निरपेक्षको नाममा नेपाललाई इसाईृकरण गर्ने विदेशीहरुका एजेन्डा र दबाबबाट मुक्त हुन सक्नुपर्छ । अव कृष्ण सिटौला जस्ता भारतीय गुप्तचर र भारतीय राजदूतका भरियाहरु कांग्रेसभित्रका गद्दारहरुबाट होसियार गर्नुपर्छ । शेरबहादुर देउवाले बिगतमा आफूले गरेका गल्तीहरु सच्याउनु पर्छ ! शेरबहादुर, गिरिजाप्रसाद र सुशील कोइरालाको बाटो नैं हिडे भने सभापति पद उनको लागि बानरको हातमा नरिवल बरावर हुनेछ ।
 
चीन तथा भारतसँग सुमधुर संवन्ध कायम गर्न र नेपाललाई युगयुगान्तरसम्म सुदृढ राख्न संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य यथावत कायम गर्ने दृढता देखाएर प्रजातान्त्रिक ढङ्गले सबै पक्षलाई नेपालको राष्ट्रिय एकताको महसुस् गराउन नेपाली कांग्रेस सक्रिय हुन सक्नुपर्छ ।
 
हामी नेपाली संस्कृतिका कति धनी छौं । नेपालको राष्ट्रियता चुरो अनेकतामा एकता हो । नेपालको राष्ट्रियता यसरी टपक्क फुलेको छ कि जसमा नेपाली संस्कृतिको सुवास विश्वभरि फैलिएको छ । नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलन गर्दै भत्काइएका राष्ट्रियताका आधार स्तम्भहरूलाई कदर गर्न २०४७ को संविधानका अपरिवर्तनीय बुँदाहरूलाई स्थापित गरेर अखण्ड नेपालको अस्तित्व बचाउन आवस्यक छ । अतः नेपाललाई युगयुगान्तरसम्म सुदृढ राख्न संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य यथावत कायम गर्ने दृढता देखाएर प्रजातान्त्रिक ढङ्गले सबै पक्षलाई नेपालको राष्ट्रिय एकताको महसुस् गराउन शेरबहादुर देउवा सक्रिय हुन सक्नुपर्छ ।