राष्ट्रपति प्रधानमन्त्री लगायतको तलब कटौती गर्न राप्रपाका अध्यक्ष लोहनीको सुझाव

चैत्र १७,२०७६

-

चैत १७,२०७६ काठमाडौं ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले कारोना भाइरस संक्रमण फैलन नदिन नौ बुँदे सुझाव दिएका छन् । 
 
डा। लोहनीले सरकारले गरेको लकडाउनको समर्थन गर्दै राष्ट्रपतिदेखि मन्त्रीसम्मको तलबभत्त्ता २५ प्रतिशत कौटती गरि कोरोनाभाइरससँगको लडाईमा खर्च गर्न माग गरेका छन् । 
 
डा लोहनीको नौ बुँदे सुझाव
 
१. सरकारको लकडाउनको निर्णय सफल पारौं । देबभित्र कोरोना भाइरस ९कोभिड –१९) रोक्ने यहि उपाय हो। यो देस भित्र बढ्यो भनेस्थिति अकल्पनीय हुनेछ । त्यसैले सरकारी निर्णय पूरा लागू गरौं ।
 
२. विदेशमा रहेका लाखौँ नेपालीबारे सरकारले ध्यान देओस् । उनीहरु नेपाल फर्कनुपर्ने बाध्यात्मक परिस्थिति आए उनीहरुलाई कसरीब्यबस्थापन गर्नेबारे कार्यक्रम तयार गरियोस् ।
 
३. देशभित्र तथा सहरी क्षेत्रमा रहेका मजदूरहरु ९ज्यालादारी, रिक्सा चालक, असंगठित क्षेत्रमा कम गर्ने कामदारहरुका लागि कार्यक्रमतयार गरियोस् ।
 
४. कृषिसँग जोडिएका उद्योग र ब्यवसायहरु, जस्तै डेरी, कुखुरा उत्पादन, दाना उत्पादन, तरकारी उत्पादन आदिलाई कसरि बचाउने भन्नेबारे कार्यक्रम तयार गरियोस् ।
 
५. पर्यटन उद्योगलाई कमसेकम एक वर्षसम्म सहुलियतको व्यवस्था गरियोस ।
 
६. माननीय सांसदहरुले दिएको विकास रकम बन्द गरि उक्त रकम अहिलको समस्या समाधानका लागि प्रयोग गरियोस् ।
 
७. राष्ट्रपति, प्रधानमन्त्री, माननीय सांसदहरु संबैधानिक अंगका सदस्य सबैको तलब तथा भत्ता २५ प्रतिशत कटौती गरि कोरोनभाइरससँगको लडाईमा खर्च गरियोस् ।
 
८. निजि तथा सरकारी अस्पतालहरु, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालय समेत रहेको समिति बनाई औषधि उत्पादन, वितरण, तथा कोरोनसग लड्न बिभिन्न अस्पतालको ब्यबस्थापन बारे कार्यक्रम बनाएर लागु गरियोस् ।
 
९. यो लडाईमा सफल हुन सरकारले भनेको कुरो गर्छ, जनतासँग झुटो बोल्दैन र भ्रष्टाचार गर्दैन भन्ने कुरामा जनतामा विश्वास हुनुपर्दछ ।त्यसैले भ्रष्टाचारको कुरो बाहिर आँउदा तुरुन्त के भएको  हो स्पष्ट पार्नुपर्छ । र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्दछ तब मात्र जनतालेसरकारलाई साथ दिन्छन् ।