भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन जनावरमा परीक्षण सुरु, नतिजा आउन ४ देखि ६ महिना लाग्ने

चैत्र २६,२०७६

-

चैत २६,२०७६ काठमाडौं ।
 
वश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन अझै पत्ता लागिसकेको छैन । विभिन्न ठाउँमा भ्याक्सिनको परीक्षण थालिएसँगै भारतमा पनि कोरोनाविरुद्धको भ्याक्सिन जनावरमा प्रयोग गरिएको छ ।
 
यसको नतिजा आउन ४ देखि ६ महिनामा आउने विश्वास लिइएको छ ।
 
गुजरातको जाइडस क्याडिला कम्पनीले उक्त भ्याक्सिन बनाएको भारतीय सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।
 
यही कम्पनिले २०१० मा देशमा स्वाइन फ्लूको सबैभन्दा पहिलो भ्याक्सिन बनाएको दाबी गरेको थियो ।
 
उक्त कम्पनीले मार्च देखि नै कोरोना भाइरसविरुद्ध भ्याक्सिन विकास गर्न लागिपरेको जनाएको छ ।
 
कम्पनीका कार्यकारी निर्देशक शर्विल पटेलका अनुसार भ्याक्सिन विकाससँग परीक्षणको लागि समय लाग्ने भएकोले सफल हुने विश्वास लिएको बताए ।