स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन दिदैनौंः मन्त्री ढकाल

चैत्र २७,२०७६

-

चैत २७,२०७६ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्ती भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता दोहोर्याउनु भएको छ । बुधबार मन्त्रालयमा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन जना सांसदको संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरस ९कोभिड९१९०को उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताउनुभयो ।
 
आवश्यक स्वास्थ्य सामग्रीहरू अस्पतालमा पुगेको भन्दै कतिपय सामाग्रीहरू निरन्तर पुर्याइने बताउनुभयो । सुदुरपश्चिम प्रदेशको संवेदनशीलतालाइ सरकारले बुझेको भन्दै उहाँले कोभिड९१९को नमुना परीक्षणको काम दोब्बर बनाउनका लागि बुधबारमात्रै हेलिकप्टर मार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिनुभयो । मन्त्री ढकालले नागरिकको तर्फबाट समेत सकारात्मक सहयोगको निम्ति भूमिका निर्वाह गरिदिन सांसदत्रयलाई अनुरोध गर्नुभयो । 
 
सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाममा भैरहेको काम थप प्रभावकारी बनाउने विषयमा आफ्नो भनाइ राख्दै बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले नागरिकहरू अहिले पनि सीमावारपार गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँहरूले अहिले सरकारले गरेको प्रयास प्रशंसनीय रहेको र शंकित सम्भावितहरूको नमुना परीक्षणको दर बनाउनुपर्ने बताउनुभयो ।