कोरोना संक्रमण नरोकिएसम्म टोकियो ओलम्पिक नहुने

बैशाख १६,२०७७

-

बैशाख १६,२०७७ काठमाडौं ।
 
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सन् २०२० मा हुने भनिएको टोकियो ओलम्पिक एक वर्षका लागि सरेको थियो । तर कोरोना भाइरस हालसम्म सामान्य अवस्थामा आउन सकेको छैन ।
 
जापानको खेलकुद अध्यक्ष ओसिरो मोरीले कोरोना भाइरसको अवस्था सामान्य नभएसम्म अर्को वर्ष हुने भनिएको ओलम्पिक एक वर्ष सर्न सक्ने बताएका छन् ।
 
जापानको निकान स्पोर्टस डेलीसँग कुरा गर्दै उनले यदि कोरोना भाइरसले सामान्य अवस्था नभएसम्म २०२१ मा हुने भनिएको ओलम्पिक सर्ने बताएका हुन् । जापान मेडिकल एसोसियसनले पनि यो २०२१ मा हुने ओलम्पिक सामान्य अवस्था नभएसम्म नहुने बताएको छ ।