भारतीय अभिनेता इरफान खानको निधन

बैशाख १७,२०७७

-

वैशाख १७, २०७७ काठमाडौं ।
भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५३ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको द हिन्दूस्तान टाइम्सले जनाएको छ ।
 
इरफानले अभिनय गरेको फिल्म पिकु का निर्मातारनिर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् ।
 
म‌ंगलबार इरफानका परिवारले पनि आधिकारिक रुपमा केही जानकारी दिएका थिएनन् । तर, इरफानका एक प्रवक्ताले भने उनलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेका थिए ।