चीनले डिसेम्बरसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा ल्याउने

जेठ १८,२०७७

-

जेठ १८,२०७७ काठमाडौं ।
चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन डिसेम्बरसम्म विश्व बजारमा ल्याउने दाबी गरेको छ ।
 
चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै उक्त दाबी गरेको हो ।
 
वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले तयार पारिरहेको भ्याक्सिन यसै वर्षको अन्त्यसम्म आउने उसले जनाएको हो ।
 
पहिलो चरणको परीक्षण सफल भएपछि हाल उक्त भ्याक्सिन २ हजार जनामा परीक्षण गरिएको जनाइएको छ ।
 
मे महिनाको २९ तारिखमा चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले लेखेको पोष्टमा ढिलोमा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्ने जानकारी दिइएको छ ।
 
चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको महामारी ५ महिनादेखि फैलिदा पनि यसको भ्याक्सिन र औषधि तयार नहुदा संसार आक्रान्त भइसकेको छ ।