क्वारेन्टिनमा रहेका सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सरकारलाई सर्वोच्चको आदेश

जेठ १९,२०७७

-

जेठ १९,२०७७ काठमाडौं ।
सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
 
साथै, क्वारेन्टिनमा रहेकाको हकमा आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ ।
 
अधिवक्ता पुण्यप्रसाद खतिवडा समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । आजको राजधानी दैनिकमा खबर छ ।