मेलम्चीको सुरुङ फिनिसिङको काम सकियो, सुरुङको परीक्षण गर्ने तयारी

जेठ १९,२०७७

-

जेठ १९,२०७७ काठमाडौं ।
 
मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । 
 
समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि अझै आठ महिना बाँकी छ । कोरोना भाइरसका कारण भइरहेको बन्दाबन्दीमा आयोजना प्रभावित भए पनि काम नरोकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
 
निर्माण सम्झौता अवधिभित्रै काम सम्पन्न हुने पन्तको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।