सगुनमा लगानीको अवसर, कम्तीमा ९ सय डलरको सेयर किन्न सकिने

जेठ १९,२०७७

-

जेठ १९, २०७७ काठमाडौं ।
 
वासिंगटन डिसीस् अमेरिकामा रहेका नेपालीहरुको एक समुहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुन (www.sagoon.com) ले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निस्कासन गरेको छ । सगुन (sagoon) मा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।
 
अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रियोग्य तोकेको थियो । 
 
सगुनले यस चरणमा ग श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्ने छ । सगुनको सेयरमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन् ।
 
कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निश्कासन गरेको हो । 
सगुनले सन् २०१७ मा यसको पहिलो रेज ए प्लसु मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निस्कासन गरेको थियो । त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए ।
 
पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको छ । यसले मोवाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रौइडमा सोसियल स्मार्ट कार्ड तथा वेव व्राउजरहरुका लागि वेव एप्लिकेसन सार्बजनिक गरेको छ ।
  
सबैको को सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अबस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं, सगुनका संस्थापक गोविन्द गिरीले भन्नुभयो, हामीले सागुन ९कबनययल०लाई एउटा फरक खालको प्लेटफर्म निर्माण गर्न कडा मेहनत गरेका छौं ।
 
यसले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाइ पूरा गर्दछ । सगुनमा उनीहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन, सोसियल इकमर्समा समेत संहभागी हुनसक्नेछन् । यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ । 
 
उहाँले नेपाल र भारतका प्रयोगकर्ताले सगुनलाइ अझ धेरै मन पराएको बताउनु भयो । उहाँले यी दुर्इ मुलकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन ९कबनययल० खोल्ने गरेको जानकारी दिनुभयो । सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजिकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ । 
 
सगुनले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निस्कासन सीमित समयको लागि मात्र खुला रहनेछ। यस पटक सर्ब साधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुन ९कबनययल० का नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गर्ने कम्पनीले जनाएको छ । 
 
सगुनको सेयर खरिद गर्न इच्छुक ब्यक्तिले  https://www.sagoon.com/invest  मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ (Sagoon Mini-IPO) ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन्  । त्यहाँ सेयर विक्रि अह्रवान पत्र पनि उपलब्ध छ। इच्छुक लगानीकर्ताहरूले लगानी गर्नुअघि उक्त अह्रवान पत्र (सर्कुलर) अध्ययन गर्नुपर्छ।
 
सेयर निस्कासन सम्बन्धि कुनै जिज्ञासा भए आनंद बज्राचार्यलाई anand.bajracharya@sagoon.com र कविन सिटौलाला kabinsitoula@sagoon.com मा सम्पर्क गर्न सकिने छ । 
 
सगुनका बारे
सागुन एक विस्तारको चरणमा रहेको सामाजिक वाणिज्य (सेसियल कमर्स) प्लेटफर्म हो । यसका वाशिगटन डीसी, नयाँ दिल्ली र काठमाडौंमा कार्यालयहरू रहेका छन्। कम्पनीका १८ जनाको टोली सदस्य, ५६ लाखभन्दा भन्दा बढी प्रयोगकर्ता र विश्वभर ४००० भन्दा बढि लगानीकर्ताहरू छन् । सगुन शब्द संस्कृत शब्द शकुनु बाट आएको हो, जसको अर्थ नेपालीमा शुभ क्षणु वा भाग्यु भन्ने हुन्छ।
 
अस्वीकरण
सगुनको सेयरमा लगानी सम्बन्धि प्रस्ताव अमिरिकी धितोपत्र नियामक (एसइसी) मा पेश गरिएको छ । यस प्रस्ताव कथनलाइ एसइसीले सेयर विक्रियोग्य तेकिदिएको छ । यसको अर्थ कम्पनीले प्रस्ताव विवरणमा उल्लेख गरिएको सेयर बिक्री गर्न सक्छ। एसईसीले यस प्रस्तावलाइ अनुमोदन गरेको भने हेइन । तपाइँले सगुनको विवरण पत्रको प्रतिलिपि अमेरिकी धितोपत्र नियामकको तल उल्लेखित वेवसाइटबाट पनि प्राप्त गर्न सकिनेछ । 
 

https://www.sec.gov/Archives/edgar/data/1639953/000110465920025100/tm2010966d1_253g2.htm