संविधानका २३ वटा धारा संसोधनको माग गर्दै राजपा र समाजवादीले गरे संशोधन विधेयक दर्ता

जेठ १९,२०७७

-

जेठ १९,२०७७ काठमाडौं ।
राष्ट्रिय जनता पार्टी र  समाजवादी पार्टीले संयुक्त रुपमा नेपालको संविधान दोश्रो संशोधन विधेयक २०७७ दर्ता गरेका छन् ।
 
सोमबार राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको संविधानका विभिन्न २३ वटा धारा संसोधनको माग गर्दै संघीय संसद सचिवालयमा सो विधेयक दर्ता गरेका हुन् । 
 
संविधान संशोधन विधेयक दर्ता गर्नका लागि राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादव लगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका थिए ।
उनीहरुले संविधानमा रहेका नागरिकता, भाषाका विषय लगायतमा संसोधन प्रस्ताव गरेका हुन् ।