रामेछाप लगाएत २६ जिल्लाका ८२ जनामा डेंगुको संक्रमण

जेठ १९,२०७७

-

जेठ १९,२०७७ काठमाडौं ।
 
डेंगु संक्रमण ८२ जनामा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशााखाले जनाएको छ ।
 
महाशााखाका प्रमुख डा वासुदेव पाण्डेले डेंगु रोगको संक्रमण ८२ जनामा देखिएको बताए । गत पुषयता देशका २६ जिल्लामा डेंगुको संक्रमण देखिएको छ,” उनले भने “एडिज एजिप्टी नामक लाम्खुट्टेको टोकाइबाट सर्ने यो रोग नेपालमा सामान्यतया वैशाखदेखि मंसिरसम्म देखिने गरेको छ ।”
 
उनका अनुसार  यस रोगका लक्षणहरु एक्कासी ज्वरो आउने, आँखाको गेडी दुख्‍ने, डावर आउने, नाक तथा गिजाबाट रक्तश्राव गराउने आदि हुन् । यो लाम्खुट्टे पानी जम्ने स्थानहरुमा बस्ने हुँदा फूल राख्‍ने भाडा, टायर ,गमला आदिमा  सफा गर्ने र पानी जम्‍न दिन नहुने उनले जानकारी दिए ।
 
गत पुसदेखि हालसम्म देशका २६ जिल्लामा डेंगुको संक्रमण देखिएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख डा.पाण्डेका अनुसार सबैभन्दा बढी रुपन्देहीमा डेंगुको संक्रमण देखिएको छ । जसमा ३५ संक्रमित छन् ।
 
त्यसैगरी,  म्याग्दीमा १२ जना, कास्की १० जना, काठमाडौंमा ७ जना, बाग्लुङ २, ललितपुर ४ जना, सुनसरीमा ४, मोरङ ३, कपिलवस्तुमा ३ जना, तेरथुममा २, बाँके १, नुवाकोट २, कैलाली २, धनकुटा २, धादिङमा २ जनामा डेँगुको संक्रमण देखिएको उनले बताए ।
 
त्यस्तै, मकवानपुर, गोर्खा, नवलपरासी, पाल्पा, झापा,  दाङ, डडेलधुरा, रामेछाप, बाँके उदयपुर, पश्चिम नवलपरासी, तनहुँमा १/१ जनामा डेंगु देखिएको छ ।