कोरोना महामारीले अमेरिकाको स्थिती चिन्ताजनक अवस्थामा पुगेको डब्ल्यूएचओको चेतावनी

जेठ २०,२०७७

-

जेठ २०,२०७७ काठमाडौं ।
विश्व स्वास्थ्य संगठनले मध्य र दक्षिण अमेरिकामा कोरोना महामारी आफ्नो उच्चतम स्तरसम्म पुगिनसकेको भन्दै चेतावनी जारी गरेको छ । यसैबीच थुप्रै देशले लकडाउनमा छुट दिन सुरु गरिसकेको छ । डब्ल्यूएचओका डा.माइक रियानले मध्य र दक्षिण अमेरिकामा हाल कोभिड-१९ संक्रमणको स्थिती गम्भीर बनेको जानकारी दिएका छन् ।
 
मेक्सिकोमा अहिलेसम्म करिब १० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यसैबीच यहाँ उत्खननको कार्य सुरु गरिसकिएको छ । दुई महिनाको लकडाउन पछि सोमबार यहाँ कार उत्पादन र निर्माण कार्य पुनः सुचारु गरिएको छ ।
 
यस्तै, ब्राजिलमा साओ पाउलोसमेत विभिन्न शहरमा लकडाउन खुकुलो पारिएको  छ । ब्राजिल कोरोना संक्रमणको मामिलामा अमेरिकापछि दोस्रो स्थानमा छ । यहाँ हालसम्म २९ हजार ३ सय १४ को मृत्यु भइसकेको छ । एजेन्सी