कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला

जेठ २०,२०७७

-

जेठ २०,२०७७ काठमाडौं ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् । यहाँ हालै जुन स्थानमा यो रोग फैलिएको थियो डिआरसी क्षेत्र त्यो भन्दा हजारभन्दा बढी किलोमिटर टाढा छ ।
 
स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोले पश्चिमी शहर म्बानडाकामा भाइरसका कारण चारजनाको मृत्यु र दुई संक्रमित भएको जानकारी दिए । पाँचौं व्यक्तिको सोमबार मृत्यु भएको युनिसेफले जानकार दिएको छ । उनले प्रभावित क्षेत्रका लागि डाक्टर र औषधी पठाइएको जानकारी दिए ।
 
डेमोक्रेटिक रिपब्लिक अफ कंगोले अप्रिलमा इबोला महामारीको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेका बेला यहाँ नयाँ संक्रमित भेटिएको थियो । डिआरसी इबोलाबाहेक दादुरा र कोरोना महामारीसँग पनि जुधिरहेको छ ।
 
स्रोतः बीबीसी, द न्यूयोर्क टाइम्स