कोरोनापछिको आर्थिक समृद्धिमा युवाको भूमिका

जेठ २०,२०७७

Sabina Khatiwoda

-

 
• सविना खतिवडा – 
 
   हाल विश्वभरि नै कोरोना भाइरसले संकटमय स्थिति उत्पन्न गराएको छ । विश्व स्वास्थ्य संगठनले नै आपतकालीन घोषणा गरेको अवस्थामा देशको आर्थिक स्थिति कमजोर हुने देखिएको छ । नेपाल एक विकासोन्मुख देश हो । यहाँका युवावर्गहरु गरिब, अशिक्षा, सामाजिक, राजनैतिक अस्थिरता अनि विभिन्न परिस्थितिका कारण विदेशिन पुगेका छन् । यो देशको लागि निकै दयनिय अवस्था हो । हाल कोरोनाको महामारीले गर्दा केहि युवाहरु नेपाल भित्रिएका छन् । केहिको विदेशी भूमिमा नै ज्यान गुमेको छ । 
 
वास्तवमा कोरोनापछिको आर्थिक समृद्धिमा युवाको भूमिका अर्थात् युवाको ठूलो हात रहेको हुन्छ । देशमा रोजगार नपाएर विदेशी भूमिमा रगत पसिना बगाउन पुगेका धेरै युवा साथीहरु हाल भाइरसका कारण नेपाल भित्रिएका छन् । अब हामीले देशको लागि यिनीहरूलाई नेपालमै परिश्रम गर्न ऊर्जा दिनु पर्दछ । देशको आर्थिक समृद्धिमा युवाको टेवा ठूलो हुन्छ । हामी सबै युवाहरु मिलेर देशमानै विभिन्न विकास निर्माणका कार्यहरू सञ्चालन गर्न सक्दछौ । युवा भनेका देशका बलियो जग हुन् । जबकि, देशको जगनै देशमै रहँदैन भने विकासको संभावना देख्नु व्यर्थ हुन जान्छ ।
 
अब हामी सबै मिलेर कृषि लाई जोड दिनुपर्दछ । परिश्रम नै हाम्रो ज्ञान, विज्ञान, नीति, धर्म, कला–साहित्य,जीवन र जगत भएकाले हामी हाम्रै देशमा परिश्रम गर्नुपर्दछ । यसबाट देशको आर्थिक स्थिति बलियो हुन जान्छ ।
 
हाम्रो देश नेपालमा यातायात,शिक्षा, सञ्चार,जस्ता क्षेत्रमा विकाशको गति बढेको जस्तो देखिए पनि धेरै आशालाग्दो भने छैन । देशको आर्थिक वृद्धिका लागि हामी युवाहरुले आ–आफ्नो टोलमा युवा सञ्जाल संगठन गरेर विभिन्न योजनाहरु बनाई विकास निर्माणका कार्यलाई अगाडि बढाउनु पर्दछ । अनि राजनैतिक पदबाट कार्यरत व्यक्तिहरूलाई पनि आर्थिक समृद्धिको लागि विकास निमार्ण कार्य गर्न युवाहरुको आवाजले घच्घच्याउन सक्नुपर्दछ । जब कोरोना भाइरस मलिन हुँदै जान्छ, यसपछि सम्पूर्ण युवा साथीहरु आफ्नो देशमा विकासको लागि जुर्मुराउन पर्दछ । नेपालमा फोहोर व्यवस्थापन कार्यमा पनि युवाहरुको ठूलो हात हुनुपर्दछ । त्यसैगरि, पर्यटक क्षेत्रलाई आकर्षण दिलाउन र विदेशी मूनाफा आर्जन गर्न मन्दिर, मस्जिद, निकुञ्ज जस्ता क्षेत्रको सरसफाइमा युवाहरुले ध्यान दिनुपर्दछ । यदि युवाको प्रयास रहन्छ भने आर्थिक समृद्धिमा टेवा पुग्छ भन्ने मेरो धारणा रहेको छ ।
 
 वास्तवमा नेपाल कृषिमुखी देश हो । पछिल्लो अवस्थामा नियालेर हेर्दा कृषि क्षेत्रमा पहुंच काम पुगेको देखिन्छ । हामी युवाहरुले कृषि पेसालाई अगाल्न अति जरुरी छ । वास्तवमा बोलीचालीको भाषामा खेती गर्नुपर्ला फेरि राम्ररी पढ है भन्ने भनाइले नै युवाहरुको मानसिकता बिग्रेको पाइन्छ । तर, अब हामी सबै मिलेर कृषि लाई जोड दिनुपर्दछ । परिश्रम नै हाम्रो ज्ञान, विज्ञान, नीति, धर्म, कला–साहित्य,जीवन र जगत भएकाले हामी हाम्रै देशमा परिश्रम गर्नुपर्दछ । यसबाट देशको आर्थिक स्थिति बलियो हुन जान्छ ।
 
 हामी सबै मिलेर विभिन्न क्षेत्रमा विभिन्न योजनाका साथ विकास निमार्णका कार्य अगाडि बढाइएको खण्डमा मेलमिलापबाट हुने फाइदाको सफलता देशलाई मिल्नेछ । हामी युवाहरु देशको आर्थिक स्थितिलाई सुधार्न समाज सेवा,फोहोर व्यवस्थापन जस्ता कार्यमा संलग्न हुन सक्दछौं । हाम्रो पहिलो प्रेमी प्रेमिका भनेकै नेपाली माटो हो । शान्ति,सहअस्तित्व,आपसी समझदारी र मेलमिलाप नै आजको आर्थिक समृद्धिमा अति आवश्यक हुन्छ । कोरोना भाइरसका कारण नेपालमा पनि आर्थिक अवस्था खुकुलो हुने अवगत नै छ । यसलाई बलियो बनाउन विशेषगरी युवा साथीहरुले आ–आफ्नो ठाउँबाट कृषि, शिक्षा, सञ्चार, यातायात अनि विकास निर्माणको कार्य पहल गर्न अत्यन्त जरुरी छ । 
 
नेपालको सन्दर्भमा पहिले बाइसे राज्यमा कृषि भन्ने शब्द व्यापक थियो, किनकि देशभरि मानिसहरूले जीवन निर्वाहको लागि अँगालेको सबभन्दा प्रमुख पेसा नै कृषि थियो । तिनको राजस्वको मुख्य आधार क्षेत्र पनि कृषि नै थियो । तर वर्तमान स्थितिमा पहाडी भेगमा पनि खेत बरी  बाँझो बसेको छ, कारण कृषि क्षेत्रको चासो घटेको छ । यसो हुनु भनेको देशलाई ठूलो घाटा पुग्नु हो । त्यसैले आर्थिक समृद्धिको लागि युवा वर्गको पहल जरुरी छ । 
 
 
 वास्तवमा लाखौं सपना बोकेर विदेशिएका कैयौं युवाहरु कोरोना महामारीका कारण रित्तो हात फर्किन बाध्य भएका छन् । कतिपय को केही कमाइले पनि राष्ट्रको उन्नति भएको छैन । यसले देशको आर्थिक समृद्धिमा ठूलो असर पुर्याएको छ । कतिपय युवाहरुमा भिसा लागेको तर जान निषेध गरिएपछि मानसिक समस्या समेत देखिएको छ । अब हामी सबै मिलेर ती युवाहरुको मनोबल उच्च बनाई देशमै केही गर्न आग्रह गर्नुपर्दछ । वास्तवमा युवाहरुको जोस, जागर र उत्साह बाट देशमा उद्योगधन्दा हरु चल्छन् र विकास निमार्णका कार्यहरू सम्पन्न हुन्छन् । यसैले आर्थिक समृद्धिमा जोड दिई राष्ट्रलाई उन्नतिको शिखरमा पुर्याउन युवावर्गको ठूलो हात हुन्छ ।
 
 नेपालमा यस अवस्थामा युवाहरु मिलेर वातावरण प्रदुषण नियन्त्रणको लागि जनसहभागिताको साथमा जनचेतना मुलक कार्यक्रमको आयोजना गर्न सकिन्छ । जनसहभागिताू भनेकै सबैले सम्पूर्ण कार्यमा भाग लिन पाउने अधिकार वा अवसर हो । यही जनसहभागिता भए मात्र देश विकासको तीव्र गतिमा अगाडि बढ्छ । त्यसैगरि, हामी युवाहरु मिलेर यस कोरोनाको समयमा विभिन्न सामाजिक सञ्जाल मार्फत कार्यक्रमहरु संचालन गरी उनीहरुको प्रतिभालाई सदुपयोग गर्न सकिन्छ । 
 
हामी युवाहरु सहभागी भई आर्थिक, सामाजिक, राजनैतिक तथा सांस्कृतिक आदि क्षेत्रको विकासको लागि सहज ढंगले अगाडि बढ्नुपर्दछ । अनि मात्र आर्थिक अवस्था बलियो हुन्छ । हामी युवाको मनमा हाम्रो देश हाम्रो प्राण, हाम्रो संस्कृति हाम्रो गौरव, हाम्रो माटो हाम्रो प्रेम भन्ने कुराको भण्डार जमाउन अति जरुरी छ । समय सापेक्ष रुपमा उनीहरूलाई विकासको अनुभूति दिलाउन हामी सबै जुट्नुपर्छ । समाज सुधारको कार्यमा पनि युवाहरुको भूमिका ठूलो हुन्छ । कोरोना भाइरस को अवस्थामा हामी आर्थिक समृद्धिका लागि जीवनमा आइपर्ने सम्पूर्ण अफ्ठ्यारा परिस्थितिबाट हुने क्षतिबारे राहतको  लागि बीमा कम्पनीको पनि प्रचार गर्न सक्दछौ । हामी युवाहरु मिलेर वनस्पति र खाद्य बालीको विकासमा जुट्नुपर्छ ।
 
सम्पूर्ण देशलाई एकैचोटी नियालेर हेर्ने हो भने, युवाले देशलाई आफ्नो शक्तिमा हाँकेको देखिन्छ । तर नेपालमा देश हाँक्न तत्पर युवा कम नै देखिन्छन् । जब कि कैयौं युवा विदेशी भूमिमा अलमलमा परिरहेका छन् ।  यदि युवाको जोस, जाँगर,मिलाएर देशमा कार्य गर्ने हो भने अहिलेको आर्थिक समृद्धिलाई अबको आर्थिक समृद्धिले फड्को मार्ने कुरामा म बिश्वस्त छु ।
 वास्तवमा नेपालमा देशको राजनैतिक अस्थिरता, शान्ति सुरक्षाको अभाव,र अलिअलि भएको उद्योगधन्दाहरु पनि बन्द हुने क्रम जारी छ । यसलाई रोक्न र घरेलु व्यवसाय जस्ता कार्यहरूलाई बढाउन अब युवाको साथ हुनुपर्दछ । नेपालको सन्दर्भमा पहिले बाइसे राज्यमा कृषि भन्ने शब्द व्यापक थियो, किनकि देशभरि मानिसहरूले जीवन निर्वाहको लागि अँगालेको सबभन्दा प्रमुख पेसा नै कृषि थियो । तिनको राजस्वको मुख्य आधार क्षेत्र पनि कृषि नै थियो । तर वर्तमान स्थितिमा पहाडी भेगमा पनि खेत बरी  बाँझो बसेको छ, कारण कृषि क्षेत्रको चासो घटेको छ । यसो हुनु भनेको देशलाई ठूलो घाटा पुग्नु हो । त्यसैले आर्थिक समृद्धिको लागि युवा वर्गको पहल जरुरी छ । 
 
 समाजमा विद्यमान रहेका परम्परागत कमी कमजोरीहरु आदिको सुधार गर्ने कार्यमा युवाको विशिष्ट भूमिका वा योगदान रहने कुरा निर्विवाद छ । किनकी, ग्रामीण समाजमा परम्परागत रुढीवादी मुक्त हुन सकेको छैन । सहरिया जीवनमा छाडापन बढेको छ । यसलाई रोक्न र देशलाई उन्नतिमा पुर्याउन युवा वर्गले साथ दिनुपर्दछ ।
 
 अन्तिममा, कोरोना पछिको आर्थिक समृद्धिमा युवाहरुको भूमिका लाई जोड्दै जाँदा युवाहरु भनेका देशविकास र समाज सुधारका आधार स्तम्भ हुन । युवाहरुमा रहेको अदम्य आँट र हिम्मत बाट समाजमा प्रशस्त सुधार गर्न सकिन्छ । समस्या रहित समाजको विकास भएमा मात्र समग्र देशले पनि कोल्टे फेर्ने भएकाले युवावर्गलाई यसमा सक्रिय नबनाई सुखै छैन । आर्थिक समृद्धिमा युवाहरुको भूमिका अहंम हुन्छ भन्ने सरकारले बुझ्न आवस्यक छ ।
(भरतपुर–१२ मुनालचोक, चितवन निवासी युवा लेखिका सविनाले समाजसेवा, लेखन र वाककलामा रुचि राख्छिन् । )