खोप अभियान रोकिदा करोडौँ बालबालिका जोखिममा

जेठ २२,२०७७

-

जेठ २२,२०७७ काठमाडौं ।
कोरोनाभाइरस महामारीका कारण विश्वभरि खोप अभियानमा गम्भीर प्रभाव परेकाले रोकथाम गर्न सकिने रोगबाट लाखौँ बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
 
कम्तीमा ६८ वटा देशमा खोप अभियान प्रभावित भएको छ। नियमित रूपमा सञ्चालन हुँदै आएको त्यस्तो अभियान केही देशमा पूर्ण रूपमा बन्द भएको छ।
 
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस फैलिने क्रम रोक्न सकिने अपेक्षासहित धेरै देशलाई नियमति खोप अभियान स्थगित गर्न सुझाव दिएको थियो।
 
तर अहिले त्यसबाट दीर्घकालीन प्रभाव पर्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन तथा अन्य संस्थाहरू चिन्तित देखिएका छन्।
 
यूनिसेफ, सबिन भ्याक्सीन इन्स्टिट्यूट र ग्याभी द भ्याक्सीन अलाईअन्सले दैनिक हजारौँ बालबालिकाको ज्यान जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
 
विविधि कारणले खोप अभियान प्रभावित भएको बताइएको छ। बीबीसी