कोरोना भाइरस संक्रमित ३३ लाखभन्दा बढी मानिस उपचारपछि निको भए

अमेरिकी मुलुकहरुमा १ लाख ३३ हजार २६३ जनाको मृत्यु

जेठ २४,२०७७

-

जेठ २४, २०७७ काठमाडौं ।
 
कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ३३ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।
 
शनिवार विहान साढे ५ बजेसम्म ३३ लाख  १२ हजार ९१४ जना मानिस उपचारपछि निको भएका छन् ।
 
पछिल्लो २४ घण्टामा मात्रै ७१ हजार २६१ जना निको भएर घर फर्किएका छन् ।
 
विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६८ लाख २६ हजार ३४९ जना संक्रमित भएका छन् ।
 
पछिल्लो २४ घण्टामा १ लाख ३३ हजार ६५५ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ५ हजार ११७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९७ हजार ४१५ पुगेको छ ।
 
३१ लाख १६ हजार २० जनाको उपचार भइरहेकोमा ५३ हजार ५०२ जनाको अवस्था गम्भीर छ ।
 
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ७७ हजार ९५९ जनाको मृत्यु भएको छ ।
 
२० लाख ६२ हजार १६१ जना संक्रमित भएकोमा १० लाख ५५ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।
 
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ११ हजार ५३२ पुगेको छ । त्यसमध्ये ८ लाख ७६ हजार २३८ जना संक्रमणमुक्त भएका छन् ।
 
यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ६७५ जनाको मृत्यु भएको छ । १२ लाख ९२ हजार १२३ जना संक्रमित भएकोमा ७ लाख ८४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।
 
दक्षिण अमेरिकी मुलुकहरुमा ४७ हजार ४३७ जनाको मृत्यु भएको छ । १० लाख ७१ हजार ६८२ जना संक्रमित भएकोमा ५ लाख ७ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।
 
अफ्रिकी मुलुकहरुमा ४ हजार ९४२ जनाको ज्यान गएको छ भने १ लाख ७९ हजार ३०९ जना संक्रमित छन् । संक्रमितमध्ये ८० हजार ३२२ जना संक्रमणमुक्त भएका छन् ।
 
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६१ जना संक्रमित भएकोमा ८ हजार २६८ जना संक्रमणमुक्त भएका छन् ।