इन्धनको मूल्य घटेपछि आन्तरिक हवाई भाडा घट्यो

जेठ २५,२०७७

-

जेठ २५,२०७७ काठमाडौं ।
हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाईजहाजको भाडादर घटाएको छ ।
 
 
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो ।
 
 
लकडाउनपछि नेपाल आयल निगमले हवाइ इन्धनमा प्रति लिटर २५ रुपैयाँ मूल्य घटाएको थियो। संघकाअनुसार सबैभन्दा धेरै भाडा भएको काठमाडौं(धनगढी रुटमा धेरै रुपैयाँले भाडा घटेको छ। उक्त रुटमा १ हजार १०५ रुपैयाँले भाडा घटेको हो।
 
 
नयाँ भाडादरअनुसार काठमाडौँ माउन्टेन उडानका लागि रु ८६० घटाएर रु दुई हजार २३० कायम गरिएको छ । काठमाडौँ–भद्रपुरको रु ७५० घटाइ एक हजार ९५० बनाइएको छ ।
काठमाडौँ–विराटनगर गन्तव्यमा साविकको रु दुई हजार १६० बाट रु ६०० घटाएर एक हजार ५५० कायम गरिएको छ । पोखराको रु २७० घटाएर रु ६९५ बनाइएको छ ।
 
 
काठमाडौँ–धनगढीको साविकको रु तीन हजार ९७५ बाट रु एक हजार १०५ घटाई रु दुई हजार ८७० निर्धारण गरिएको छ । काठमाडौँ–नेपालगञ्जको रु ८१५ घटाई रु दुई हजार ११५ बनाइएको छ ।सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ५५८ र सबैभन्दा बढी काठमाडौँ–धनगढी गन्तव्यको भाडा घटेको  छ ।