भिडियो अन्तर्वार्ता

बैदेशिक शिक्षा अब के हुन्छ ? समस्या र समाधान !

जेठ २९,२०७७

-आस्था न्युज

जेष्ठ २९, २०७७ , काठमाडौँ l 

कोरोना संक्रमणको बिश्वब्यापी महामारीले अहिले सम्पूर्ण बिश्व आक्रान्त छ l नेपाल यसबाट अछुतो छैन l यस महामारीले सबैभन्दा बढी प्रभाव पारेको क्षेत्र मध्येको एक हो बैदेशिक उच्च शिक्षाको क्षेत्र l नेपालबाट लाखौको संख्यामा बिद्यार्थीहरु बिदेशमा उच्च शिक्षाका लागि गएका छन् साथै कयौ बिद्यार्थीहरु जाने तरखरमा रहेका छन् l बिदेशमा रहेको बिद्यार्थीहरु र विदेश शिक्षाका लागि पैसा समेत बुझाई सकेका बिध्यर्थिहरु समेत अहिले समस्या र अन्योलमा परेका छन् l

 

बैदेशिक शिक्षाको अवस्था र यसको व्यवसायले अब कस्तो मोड लिन्छ त ? यो बिषय सबैको लागि चासोको बिषय बन्न पुगेको छ l

 

COVID 19 को महामारी र यसको रोकथामका लागि भनेर प्राय सबैजसो देशहरुले लकडाउन गरिरहेका छन् l करिब ४ महिना लामो लकडाउनका कारण कयौ बिद्यार्थी बिदेशमा बिचल्लीमा छन् त कयौ भिषा लिएर पनि जान पाएका छैनन् l यस्तो अन्योलको अवस्थामा शैक्षिक परामर्श केन्द्रहरु के गरिरहेका छन् ? अब विदेश शिक्षा हासिल गर्न जाने बिद्यार्थीहरुको भबिष्य के हुन्छ ? कहिलेबाट पुन शैक्षिक कार्यक्रमहरु सुचारु हुन्छ ? आदि प्रश्नहरुको निराकरण गर्न आस्था न्युजले सम्बन्धित जानकार र पधाधिकारीहरु संग भिडियो अन्तरबार्त लिएका छ l

सम्पादक पारस पोखरेलले लिनु भएको यस श्रव्यदृश्य अन्तर्वार्तामा सहभागी हुनुहुने अतिथिहरुमा स्वतन्त्र शैक्षिक परामर्श केन्द्रका अध्यक्ष युवराज कटवाल , एक्सिस ईन्टरनेसनल एजुकेशनका प्रबन्ध निर्देशक सुनिल राई र बैदेशिक कलेजका प्रतिनिधि श्याम गणेशमान सिह हुनुहुन्छ l हेर्नुहोस भिडियो अन्तर्वार्ता !