दैलेखमा आईसीयूमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु

आषाढ ०९,२०७७

-

असार ९,२०७७ काठमाडौं ।
सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेखका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । दैलेखको दुल्लुका ४५ वर्षीय व्यक्तिको कर्णाली प्रदेश अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार क्षयरोगका बिरामीसमेत रहेका ती व्यक्तिलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको थियो । उनि क्षयरोगीसमेत भएकाले कोरोनाले थप समस्या निम्त्याएको डाक्टर खड्काको भनाई छ ।
 
कर्णालीमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि दैलेख र डोल्पामा एकरएकजना तथा सुर्खेतमा दुई जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।