अनिल गुरुङ्गको ‘लभ प्वाईन्ट’ मा बाहुनको धोती शब्द उच्चारण भएपछि...

आषाढ ११,२०७७

-

असार ११, २०७७ काठमाडौं ।
 
रँग पत्रकार अनिल गुरुङ सहित केही कलाकारहरुको अभिनयमा नयाँ वेभ सिरिज ‘लभ प्वाईन्ट’ निर्माण गरेका छन् । गुरुङले आफ्नै लेखन र निर्माणमा यो रिलिज तयार गरेका छन् । 
 
पछिल्लो समयमा कथित तललो जाती र माथिल्लो जातीको चर्चा चुलिदै गर्दा उनले निर्माण गरेको यो सिरिजमा आफुले तल्लो जाती बनेर भूमिका निभाएको गुरुङले बताए । उनको नायिकाको रुपमा एलिना रायमाझी यसमा छिन् ।
 
बिपरित शरिर देख्नासाथ नजिकिन खोज्ने युवा पुस्ताको मनोभावलाई केन्द्र बिन्दुमा राखेर निर्माण गरिएको वेभ सिरिजमा युवाहरुले बोल्ने केही भल्गर लाग्न सक्ने शब्द र संकेत पनि जस्ताको त्यस्तै राखिएको गुरुङले जानकारी गराएका छन् । 
 
एलिनालाई देखेदेखी नै एकोहोरो बनेका अनिल केही डेटिङ सेट गर्न सफल हुन्छन् । उनीहरु दुई जनाको प्रेम झांगिन थाल्छ तर अनिल बीचमा एउटा मनोदशामा फस्छन् अनि कथाले अर्को मोड लिन पुग्छ ।
 
 
अनिलसँग नजिकिन पुगेकी एलिनाको चित्त के ले दुखाउँछ अनि मन किन बदलिन्छ? त्यस पछि कथाले कुन मोड लिन्छ र अनिलले आफ्नो लभ पोईन्ट कसरी पल्यिाउँछन् त्यो थाहा पाउँनको लागी भने पुरा सिरिज हेर्नै पर्ने उनले बताए ।
 
नमस्ते अनलाईन टिभीको प्रस्तुति रहेको वेभ सिरिज लभ प्वाईन्टको निर्देशन आरजे प्रणवले गरेका छन् । जसमा नबिन बाबु गुरुङको छायाँकन तुलसी बाँस्कोटाको सम्पादन छ । यसमा अनिल र एलिनासँगै बिशाल रायमाझी तथा शायना जिसीसहितको मुख्य भूमिका छ ।