मदनकृष्ण र कोमल वलीको स्वरमा रहेको गीत ‘माया लाउन सजिलो’ सार्वजनिक

आषाढ ११,२०७७

-

असार ११, २०७७ काठमाडौं ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र सांसद तथा गायिका कोमल वलीको गीत ‘माया लाउन सजिलो’ सार्वजनिक भएको छ । 
 
शम्भुजित बास्कोटाको संगीत, उत्तम संजेलको शब्द तथा मनोहर सुनामको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।
 
भिडियो मदनकृष्ण र कोमल स्टुडियोमा गाउदै गरेको देखिएका छन् । भिडियो संयोजन मदनकृष्णका छोरा यमन श्रेष्ठले गरेका हुन् ।
 
भिडियो तलको लिंकमा हेर्नुहोस-
 
https://www.youtube.com/watch?v=1ktpltl6G1g