बुण्डेसलिगाको च्याम्पियन ट्रफी बायर्न बायर्न म्युनिखले जित्यो

आषाढ १४,२०७७

-

असार १४, २०७७ काठमाडौं ।
बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा वल्फसवर्गलाई ४-० ले पराजित गर्दै सुखद अन्त्य गरेको छ । दुई खेलअघि नै उपाधि पक्का गरिसकेको बायर्नले शनिवार फराकिलो जितपछि च्याम्पियन ट्रफी समेत उचालेको छ । बायर्नको यो लगातार आठौं बुण्डेसलिगा उपाधि हो ।
 
बायर्नका लागि खेलको चौथो मिनेटमै किंग्सले कोमनले गोल गर्दै अग्रता दिलाएका थिए । ३७औं मिनेटमा माइकल कुइसेनले गोल गर्दै पहिलो हाफमा बायर्नको अग्रता दोब्बर पारे ।
 
दोस्रो हाफमा वल्फ्सवर्ग दश खेलाडीमा झरेपछि बायर्नले दुई गोल थप्यो । ७१औं मिनेटमा जोसुख गुइलाभोगीलले पेनालटी एरियामा फाउल गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिए । त्यसैमा प्राप्त पेनाल्टीमा रोवर्टो लेवान्डोस्कीले गोल गर्दा बायर्नले ३-० को अग्रता बनायो । यस सिजन लेवान्डोस्कीको यो ३४औं गोल हो र उनी सर्वाधिक गोलकर्ता समेत बने ।
 
यस्तै ७९औं मिनेटमा थोमस मुलरले बायर्नका लागि चौथो गोल गरे । जितपछि बायर्नले ३४ खेलबाट ८२ अंक जोड्दै सिजन सकाएको हो ।