सलह नियन्त्रण गर्न तत्काल ड्रोनबाट विषादी छर्किन कृषि मन्त्रालयलाई विज्ञहरुको सिफारिस

आषाढ १४,२०७७

-

असार १४,२०७७ काठमाडौं ।
 
कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार भएको छलफलमा सरोकारवाला निकायका अधिकारी र विज्ञहरुले सलह रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरेका छन् । उनीहरूले सलह नियन्त्रण गर्न तत्काल एक्सनमै जानसमेत सुझाव दिएका छन् ।
 
‘छलफलमा तत्काल एक्सनमा जाने निर्णय भएको छ । सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने । प्रदेशले स्थानीय निकायलाई जानकारी गराउने निर्णय भयो,’ बैठकमा सहभागी कृषि विभागका पूर्व महानिर्देशक डिल्लीराम शर्माले भने, ‘बढी झुन्ड देखिएको ठाउमा दमकल, ड्रोनको प्रयोग लगायत खोजी गर्ने निर्णय भयो । बढी झुन्ड देखिएको ठाउँमा भोलिरपर्सि नै दमकलबाट विषादी छर्न पर्छ । सोही अनुसार सिफारिस गरेका छौं ।’
 
यीबाहेक थाल ठोक्ने, बाजा बजाउनेलगायत उपाय किसानले स्वयं तयारी गर्नुपर्ने बताए । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले तत्काल नियन्त्रण गर्न दमकल, ड्रोल लगायतको प्रयोग, नीतिगत निर्णयहरु बुझाएको बताए ।
 
प्रदेश र स्थानीय सरकारलाई सूचना दिने सन्दर्भमा प्राविधिक टोलीले निर्णय गर्ने बताए ।