आइतबार ४६३ कोरोना संक्रमित पुष्टी, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

आषाढ १४,२०७७

-

असार १४,२०७७ काठमाडौं ।
आइतबार ४६३ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कारोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
 
कोरोना निको भएर आज मात्रै १३ महिला र १६६ जना पुरुष घर फर्केका छन् । यो सँगै कोरोना निको भएर हालसम्म ३ हजार १३ जना डिस्चार्ज भएका छन् ।