सोमबारदेखि शेयर बजार खुल्ने

आषाढ १४,२०७७

-

असार १४,२०७७ काठमाडौं ।
लामो समय बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ ।
 
आइतबार धितोपत्र बोर्डमा बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका एक अधिकारीले बताएका छन् । तर, औपचारिक घोषणा गर्न भने बाँकी रहेको ती अधिकारीले बताए । 
 
लकडाउन सुरु भएदेखि अर्थात गत चैत ११ गतेबाट बन्द भएको बजार वैशाखमा २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार सोमबारदेखि खुल्न लागेको हो । यसअघि २  दिन खुल्दा सर्किट ब्रेक कारोबार अवधि परिवर्तन गरिएको थियो । 
 
लकडाउन खुकुलो भएसँगै व्यापार व्यवसाय तथा कार्यालयहरु खुल्न थालेपनि शेयर बजार नखुलेपछि विरोध हुँदै आएको छ ।