सरकार गुठीका जग्गा संरक्षण गर्दै

आषाढ १४,२०७७

-

असार १४,२०७७ काठमाडौं।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गाहरु संरक्षण गर्नका निम्ती सरकार लागिरहेको बताउनुभएको छ । 
 
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथी आज आइतबार समितिले गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । 
 
गुठीका जग्गाहरु राज्यले पनि नियन्त्रण गर्न नसकिरहेको भन्दै मन्त्री अर्यालले आफु मन्त्रालयमा आइसकेपछि संरक्षणका निम्ती लागिरहेको बताउनुभयो । गुठी संरक्षण गर्नका निम्ती नै सरकारले गुठी विधेयक ल्याइएको कुरा दोहोर्यांउदै त्यो अहिले फिर्ता गएपनि पुनः ल्याउने तयारीमा सरकार रहेको बताउनुभयो । 
 
गुठीमा राज्यले सिधै हस्तक्षेप गरेर प्रयोग गर्न पाउने खालको व्यवस्था पनि नभएको भन्दै उहाँले गुठी फरक प्रकृतिको मौलिक विषय भएकाले यसलाई फरक ढंगले नै व्यवस्थित गर्नुपर्ने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ुअरु सरकारी, सार्वजनिक जग्गामा जस्तो गुठीमा राज्यले सिधै हस्तक्षेप गर्न सक्दैन ।
 
पुर्खाहरुले परोपरकारी भावनाका साथ गुठीमा जग्गा दान गरेको भन्दै उहाँले पुर्खाले गरेको दान अहिले विभिन्न व्यक्तिहरुले खोस्ने, अतिक्रमण गर्ने, आफ्नो बनाउने काम भइरहेको बताउनुभयो । 
 
जुन मनसाय, परोपकारी भावनाका साथ धार्मिक उद्देश्यले पुर्खाहरुले दान गरे । त्यसको संरक्षण गर्ने काममा लाग्नुपर्छ भनेर हामी लागीपरेका छौु, मन्त्री अर्यालले भन्नुभयो । सरकारी, सार्वजनिक, गुठीको जग्गा संरक्षण गर्नका निम्ती मन्त्रालयले जाँचबुझ आयोग बनाएर अहिले काम भइरहेको उहाँले बताउनुभयो ।