आजको मौसम पूर्वानुमानः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा पानी पर्ने

आषाढ १५,२०७७

-

असार १५,२०७७ काठमाडौं ,
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । 
 
यसैगरी, महाशाखाले हाल देशमा सामान्य देखि पूर्ण बदली रहेको  र देशभर केही स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ ।
 
यसैगरी, महाशाखाले दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको पूर्वानुमान गरेको छ। 
 
यस्तै, प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका  एक दुइ  स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 
 
महाशाखाको पूर्वानुमानको अनुसार आज राति  देशको सबै प्रदेशहरुमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। 
 
यता, प्रदेश १  ,प्रदेश २ ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम  प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।