सलह नियन्त्रण गर्न भारतको कृषि मन्त्रालयलाई गुहार्ने नेपालको निर्णय

आषाढ १५,२०७७

-

असार १५, २०७७ काठमाडौं ,
सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो फट्यांग्राको बढी प्रकोप देखिएको भारतमा निगरानी गर्न संयुक्त राष्ट्र संघको विश्व खाद्य तथा कृषि संगठन (एफएओ) सँगै भारतको कृषि मन्त्रालयलाई गुहार्ने निर्णय गरेको छ ।
 
विभागीय मन्त्री घनश्याम भुसालको संयोजकत्वमा आइतबार बसेको बैठकमा भारतमा निगरानी गरी त्यसको आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न दुवै निकायलाई गुहारेर सहकार्य गर्ने निर्णय गरिएको हो । 
 
उनका अनुसार भारतको राजस्थानमा ठूलो बथान देखिएकाले त्यहाँबाट यो फट्यांग्राको ओहोरदोहोर हुन सक्ने निष्कर्ष निकालिएको छ । अन्नपूर्ण पोष्टमा खबर छ ।