ललितपुरमा रौतहटका कोरोना संक्रमित पुरुषको मृत्यु, नेपालमा कोरोनाबाट मर्नेको संख्या २९ पुग्यो

आषाढ १५,२०७७

-

असार १५,२०७७ काठमाडौं ।
 
ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 
अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो।
 
कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए ।
 
अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् ।
 
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।