दासढुङा नजिकै ट्रक र स्कारपियो ठोक्किदा एक जनाको मृत्यु

आषाढ १५,२०७७

-

असार १५,२०७७ काठमाडौं ।
चितवनबाट मुग्लिन आउदै गरेको एलपी ट्रक र बिपरित दिशाबाट आएको स्कारपियो ठोक्किदा एक जनाको मृत्यु भएको छ ।  दासढुङा नजिकै १७ किलोमा दुर्घटना भएको हो ।
 
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार मृत्यु हुनेको पहिचान खुलेको छैन  । 
 
बा १३ च ५९२९ नम्बरको स्कारपियोमा एक महिला र चार पुरुष सवार  थिए । दुर्घटनामा अन्य २ जनाको अवस्था गम्भीर र २ को सामान्या रहेको भट्टले जानकारी दिए ।