लकडाउन साउन ७ गतेसम्मलाई निरन्तरता दिने मन्त्रिपरिषद् बैठकको निर्णय

आषाढ १५,२०७७

-

असार १५,२०७७ काठमाडौं ।
 
सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । 
 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
 
त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको उनको भनाइ थियो ।