विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४ लाख बढि, मर्नेको संख्या ५ लाख ७ हजार ५१५ पुग्यो

आषाढ १६,२०७७

-

असार १६, २०७७ काठमाडौं ।
६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।
 
मंगलबार बिहानसम्म एकै दिन १ लाख ६० हजार ३६३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३८९ पुगेको छ ।
 
विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४०२ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५१५ पुगेको छ ।
 
यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५६ लाख ४७ हजार ३२९ पुगेको छ भने ४२ लाख ४७ हजारभन्दा बढीको उपचार भइरहेको छ ।
 
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९१ हजार २६ जनाको मृत्यु भएको छ ।
 
२४ लाख २९ हजार २३४ जना संक्रमित भएकोमा १३ लाख ५६ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् ।
 
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६७ हजार ९४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३१ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये १३ लाख ४९ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।
 
यस्तै एसियाली मुलुकहरुमा ५५ हजार ७३० जनाको मृत्यु भएको छ । २२ लाख ५६ हजार ३८४ जना संक्रमित भएकोमा १४ लाख ७६ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।
 
दक्षिण अमेरिकी मुलुकहरूमा ८३ हजार ६१० जनाको मृत्यु भएको छ । २१ लाख ८६ हजार २९५ जना संक्रमित भएकोमा १२ लाख ६७ हजार ६१ जना संक्रमणमुक्त भएका छन् ।
 
अफ्रिकी मुलुकहरुमा ९ हजार ९१४ जनाको ज्यान गएको छ भने ३ लाख ९६ हजार ३१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८९ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।
 
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ४०७ जना संक्रमित भएकोमा ८ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् ।