कोरोनाका कारण युरोपेली मुलुक प्रवेशमा लगाइएको प्रतिबन्ध जुलाइ १ देखि फुकुवा

आषाढ १६,२०७७

-

असार १६, २०७७ काठमाडौं ।
कोरोना भाइरसको महामारीका कारण युरोपेली मुलुक प्रवेशमा लगाइएको प्रतिबन्ध जुलाइ १ देखि फुकुवा भएको छ ।
 
जुलाइ १ देखि फुकुवा गरिएको प्रतिबन्ध कोरोना महामारीबाट सुरक्षित भनिएका विभिन्न १४ मुलुकका लागि मात्रै लागु हुने बीबीसीले जनाएको छ ।
 
महामारीमुक्त भइसकेको भनिएको चीन एवं अहिले सबैभन्दा धेरै कोरोनाको असर देखिएको अमेरिका र ब्राजिलबाट भने कसैलाई पनि प्रवेश गर्न दिइने छैन ।
 
१४ देशको सूचिमा अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मन्टेनेग्रो, मोरक्को, न्यूजिल्याण्ड, रुवाण्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन् ।