भक्तपुर क्यान्सर अस्पतालको बारेमा भ्रामक समाचारप्रति कर्मचारी संघको ध्यानाकर्षण

आषाढ १६,२०७७

-

असार १६, २०७७ काठमाडौं ।
भक्तपुर क्यान्सर अस्पतालका विषयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारप्रति कर्मचारी कल्याणकारी संघले आपत्ती जनाएको छ ।
 
संघले एक विज्ञप्ती जारी गर्दै क्यान्सर अस्पतालका बारेमा केहि राजनीतिक दलका प्रतिनिधिको कुरा सुनेर एकपक्षिय ढंगबाट क्यान्सर अस्पताल जस्तो संवेदनशिल विषयमा जथाभावि समाचार सम्प्रेशन गर्दा कर्मचारी र विरामीहरुको सेवा सञ्चालनामा असहज स्थिति सृजना गरिएको भन्दै झुठा समाचारको पछाडि नलाग्न आग्रह गरेको छ ।
 
साथै संघले कर्मचारीहरुले नियमित सेवा दिइरहेको र उनिहरुको पारिश्रमिक समेत अस्पताल व्यवस्थापनले नियमित रुपमा प्रदान गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।
 
भक्तपुर क्यान्सर अस्पताल कल्याणकारी संघले जारी गरेको विज्ञप्ती-
 
No photo description available.
 
 
No photo description available.