नायिका शुभेच्छा थापा समाजसेवामा

आषाढ १७,२०७७

-

असार १७,१०७७ काठमाडौं ।
 
नायिका शुभेच्छा थापा समाजसेवामा सक्रिय छिन । कोरोनाका कारण देशमा लकडाउन भैरहेका बेला समस्यामा परेका अनाथ, असाहय, निम्न वर्गदेखि वृद्धवृद्धाहरुको सेवामा नायिका थापा लागेकी हुन् । 
 
लकडाउनको कारण कारण समस्यामा परेकाहरुलाई नायिका शुभेच्छा थापाले स्वास्थ्य सामाग्री वितरण देखि राहत वितरण तथा भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय छिन ।
 
उनले सहयोगि आत्मा निर्भर अनाथ आश्रमलाई १ बर्ष सम्म १० जना बालबालिकालाइ पढ्ने खर्च र खाद्यान्न  राहत सामाग्री समेत संस्थाकि अध्यक्ष राधा सुबेदीलाइ हस्तान्तरण गरेकी छिन् । 
 
उनले धन भएर मात्र सामाजसेवा गर्न नसकिने भन्दै सम्पूर्ण नेपाली नागरिकलाइ यस संकटको घडिमा एकजुट भएर सामाजिक कार्यमा हातेमालो गर्न  समेत आग्रह गरेकी छिन ।