लिपुलेक प्रधानमन्त्री केपी ओलीकै पहलमा फिर्ता भएको भन्दै समर्थनमा निकाले युवाले जुलुस

आषाढ १८,२०७७

-

असार १८, २०७७ काठमाडौं ।
युवाहरुले बिहीबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालेका छन् । नेकपाकै नेताहरुले राजिनामा मागेपछि युवाहरुले प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै जुलुस निकालेका हुन् ।
 
माइतीघरमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् । उनीहरुले ओलीले भारतले मिचेको लिप्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै सपोर्ट पीएम केपी ओली ह्यासट्याग समेत प्रयाग गरेका थिए ।
 
 
पार्टीभित्र ओलीले भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्दै अभिव्यक्ति दिएपछि विवाद बढेर उनले राजीनामा दिनुपर्ने दबाब बढिरहेको बेला ओलीको समर्थनमा जुलुस प्रदर्शन भएको हो ।